back
prabhu insurance
himalayanlife

एससिटिले गर्यो आफ्ना नयाँ लागो सावर्जनिक र सेवाहरुमा सुधारको घोषणा

काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

एससिटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ ।

आज एससिटीले आफ्ना आयामहरूलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छ; यसले दोहोरो इन्टरफेस (सम्पर्क सहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तर सञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, त्तच्ऋ भुक्तानी प्लेटफर्म र यसमार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।

“हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौँ । नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङ्केत गर्छ ।

क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरू कुनै हुन सक्दैन।“ सीईओ नारायणप्रकाश भुजु बताउँछन् ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।
एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।  साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।  बोनस शेयर वितरणपछि चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभाले पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।  साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।  साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।  साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।  लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।