सोमबार साढे १८ अर्ब बराबरको ट्रेजरी बिल जारी राष्ट्र बैंकले गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैशाख १३ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार जारी गरिने कुल ट्रेजरी २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १३ अर्ब ६० करोड रुपैयाँको रहेको छ ।
जसमध्ये ९१ दिने ट्रेजरीमा पाँच अर्ब रुपैयाँको नयाँ र आठ अर्ब ६० करोड रुपैयाँको पुरानो नविकरण अन्तर्गतको रहेको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ जेठ १० गते र २०७९ साउन १० गते तोकिएको छ । यसअघि यही वैशाख पाँच गते राष्ट्र बैकले १० अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
वि.सं.२०७९ वैशाख ११ १३:१४




















