एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा १०।०९ प्रतिशत ले थोरै हो ।
गत वर्ष यसले ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३.०१प्रतिशत र सञ्चालन नाफा ७.१६प्रतिशत ले बढेको छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ३६ करोड ७५ लाख रुपैयाँ रहेको छ । चैतसम्म १० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले १० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिसेयर आम्दानी १२ रुपैयाँ २६ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७२ पैसा छ ।
वि.सं.२०७९ वैशाख १२ १३:४८




















