back
stc
prabhu insurance

गभर्नर अधिकारीको मुद्दा सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा मंगलबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।बिहीबार अब यसमा सुनुवाई हुनेछ । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएपछि उनी सर्वोच्च अदालत गएका थिए ।

मंगलबार अन्तरिम आदेशका लागि पेसी तोकिएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा यस निवेदनमाथि सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको तर्फबाट कानुन व्यवसायी नरेन्द्र गौतम र सुरेन्द्र थापाले बहस गरेका छन् ।

न्यायाधीशद्वयले गभर्नरको कार्यकाल निश्चित भएकाले हटाउन नमिल्ने, गभर्नरलाई पूर्व अवस्थामा कारबाही गर्न नमिल्ने र छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।

गभर्नर अधिकारी पक्षका कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । सरकारी पक्षले जवाफ दिन समय नपुगेकाले रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो ।

अब बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेपछि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय आउनेछ ।