सेन्चुरी कमर्सियल बैंकको आज वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आज वैशाख २१ गते बुधबारदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेकोे हो ।
यसमध्ये ६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख ८० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।
यो मध्ये १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । यस ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ वैशाख २१ ११:५९




















