सिद्धार्थ बैंकले ल्यायो प्लाटिनम प्लस बचत खाता सञ्चालनमा
सिद्धार्थ बैंकले ल्यायो प्लाटिनम प्लस बचत खाता सञ्चालनमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को अवसरमा ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ
आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकि सेवा, लकर सेवा शुल्कमा ५०५ को छुट (पहिलो वर्षको लागि), प्राप्त गर्नेछन् ।
साथै पहिलो वर्ष निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ सेवा, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याट (मेरो सेयर) सि–आस्वा, प्रिपेड कार्ड पाउने बैंकले जनाएको छ ।
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ ।
वि.सं.२०७९ वैशाख २१ १३:३०



















