back
stc
prabhu insurance

हिमालयन बैंकको बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको रु.१,०००/– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ ।

काठमाडौं , कमलादी स्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

यस हिमालयन बैंक लिमिटेडले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।