कामना सेवा विकास बैंकको केएस ई–मोबाइलमा अब नेपाल–पे क्युआर
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्धारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस ई–मोबाइलमा एकीकृत गरिएको छ ।
बैंकले २०७९ साल असार ९ गते बिहीबारबाट नेपाल–पे क्युआरका मर्चेन्टहरुलाई केएस ई–मोबाइलमाको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, नेपाल–पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल–पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिन्छ ।
वि.सं.२०७९ असार १० १३:३२




















