एनआईसी एशियाको टिकटमा क्यास व्याक योजना
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोवाइल बैंक) एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको जनाएको छ ।
बैंकले हिजो असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एसिया मोबाइल बैंकिङमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा रू. ५०० अधिकतम एवं दोस्रो पटकबाट रू.१०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस एपबाट ग्राहक वर्गले निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, आईपीओ आवेदन लगायतका सुविधा जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्ने जनाएको छ ।
वि.सं.२०७९ असार १३ १२:०८




















