back
stc
prabhu insurance

अन्तर्राष्ट्रिय हवाई टिकट काट्ने एजेन्सी राष्ट्र बैंकमा दर्ता हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीलाई नेपाल राष्ट्र बैंकमा दर्ता हुन अनुरोध गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/­८० को कारोबार गर्नको लागि राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागमा दर्ता हुन अनुरोध गरेको हो ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई विक्रेता ट्राभल एजेन्सीहरुलाई सूचना जारी भएको १५ दिन भित्र सूचीकृत हुन निर्देशन दिएको हो । त्यसका लागि आज असार १३ गते केन्द्रीय बैंकले सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई बिक्रेता ट्राभल एजेन्सीहरुले आवेदन फाराममा उल्लेखित योग्यता सहितका कागजातहरु समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५औं दिन भित्र राष्ट्र बैंकको कार्यालय सम्पत्ति व्यवस्थापन विभागको मौजुदा सूचीमा सूचिकृत हुन नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ को विनिमय १८ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

राष्ट्र बैंकले हवाई टिकट उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता ट्राभल एजेनसीहरुले मौजुदा सूचीमा दर्ता हुन आवश्यक योग्यताहरुमा फर्म तथा कम्पनी दर्ताको प्रमाणपत्र तथा आवधिक नविकरण गर्नु पर्ने भएमा खुल्ने कागजात, स्थायी लेखा नम्बर, राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्न स्वीकृती लिएको प्रमाणपत्रको प्रतिलिपी लगायतका कागजातहरु पेश गर्नु पर्ने जनाएको छ ।