back
stc
prabhu insurance

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ओम्नीच्यानलमा स्तोरन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको सुरुवात गरेको छ ।

बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको हो ।

हालका एनआइसी एशिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एशिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्ने र नयाँ ग्राहकले प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

एपको स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नीच्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकमा खाता नहुनेले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।