डिम्याट खाता नवीकरण शुल्क बुझाउन एनसीसी बैंकको आग्रह
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले हितग्राहीहरुलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
बैंकले सूचना जारी गर्दै आफ्ना शाखा कार्यालयहरुबाट हितग्राही खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७८/७९ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
हितग्राहीहरुले असार मसान्तभित्र बैंकको शाखा कार्यालयमा गएर वा आइएमई पे, ई– सेवा , कनेक्ट आईपीएस, खल्ती डिजिटल , प्रभु पे वालेटमार्फत शुल्क बुझाउन सक्नेछन् ।
तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने कम्पनीले बताएको छ ।
मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ ।
वि.सं.२०७९ असार २० १७:२०




















