back
stc
prabhu insurance

नेपाल एसबिआई बैंकले ३० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन गर्दै

काठमाडौं । आज असार २२ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडले  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात् १२ लाखकित्ता सर्वसाधारणलाई विक्री गरिने छ भने बाँकी ६० प्रतिशत  अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट  विक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानीकोषले आवेद नदिएका छैनन् ।

उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थपहुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो शेयरको वेबसाइटका साथै मेरो शेयर एप, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।