back
stc
prabhu insurance
nabil

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले उक्त ऋणपत्र असार २२ गते बुधवार बाँडफाँड गरेको हो ।

कम्पनीले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँड गरेको हो । कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत र ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।