back
stc
prabhu insurance

एनआइसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज असार २७ गते अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । जसमा एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर रहेको छ ।

लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४२५ रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।