back
stc
prabhu insurance

सेञ्चुरी कमर्सियल बैंकको खुद नाफामा आकर्षक सुधार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३५ र सञ्चालन नाफा १४२.१२ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेञ्चुरी बैंकलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।