आज साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १२ करोड इकाई बिक्री खुला
काठमाडौं । एनएमबि क्यापिटलले आज साउन २६ गते बिहीबारदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।
यसले एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ नाममा कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।
यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ ९ गतेसम्म खुला रहनेछ ।
यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन २६ ०७:११

















