प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ ।
यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT याBILL Payment गर्दा PROMO CODE मा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ ।
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत ROADHOUSE PIZZA, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
वि.सं.२०७९ साउन ३१ १७:१२




















