भदौ १५ गतेदेखि हिमालयन बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । भदौ १५ गतेदेखि हिमालयन बैंकले २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।
यसबाट सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ भदौ ७ ०९:१०




















