तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुटको योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०५ र लकर कि डिपोजिटमा ५०५ सम्म छुटको व्यवस्था गरेको छ ।
यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहक महानुभावहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नुहुनेछ ।
यसका साथै ग्राहाक महानुभावहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।
साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७९ भदौ ७ १६:२२




















