back
stc
prabhu insurance

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।  ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपका बीचमा समझौता भएको छ ।

यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ।

समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले T3 थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्नुहुने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।