सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको १२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार भदौ २८ गते अन्तिम दिन हो ।
नगद लाभांश वितरण प्रयोजनको लागि फन्डले बुधबार भदौ २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउने छन् ।
फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १२ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।
यस आधारमा फन्डले नगद लाभांशमा १० करोड ३२ लाख रुपैयाँ खर्च गर्नेछ । यस फन्डलाई सनराइज बैंकले प्रवर्द्धन गरेको छ ।
वि.सं.२०७९ भदौ २८ ०७:४७

















