back
stc
prabhu insurance

नेपाल बैङ्क र दराजबीच सम्झौता

काठमाडौँ । नेपाल बैङ्क र अनलाइन सपिङ पोर्टल दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ।बैङ्कको ८६औँ वार्षिकोत्सवको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

छुट योजना आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म लागू हुने बैङ्कले जनाएको छ। बैङ्क प्रधान कार्यालयमा शुक्रबार भएको सम्झौतामा बैङ्कका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयालले हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार नेपाल बैङ्कमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा दुई हजार पाँच सय रुपियाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपियाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।