back
stc
prabhu insurance

एभरेष्ट बैंकले घोषणा गर्यो

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।