back
prabhu insurance
himalayanlife

आइएफआइसी बंगलादेशको नाममा रहेको १ करोड ७७ लाख कित्ता संस्थापक सेयरनबिल बैंकले बिक्री गर्दै

काठमाडौं । नबिल बैंकले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी) बंगलादेशको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।