back
stc
prabhu insurance

प्रभु बैंकको पुस १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

यस्तै, बैंकको मुद्दति निक्षेपमा भने बैंकले संस्थागत तर्फ १०.१३३ प्रतिशत र व्यक्तिगततर्फ १२.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

बैंकले रेमिट्यान्स बचत खातामा १२.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १५.१३३ प्रतिशत ब्याजदर ताकेको छ ।

बैंकले ५ वर्षभन्दा बढी अवधिको कर्जाको लागि १२.९९ प्रतिशतदेखि १४.५० प्रतिशतसम्म स्थिर ब्याजदर तोकिएको छ । बैंकले विभिन्न कर्जाहरुमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ ।

सबैभन्दा धेरै प्रिमियिम सेयर धितोमा जाने कर्जामा रहेको छ । जसमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने भएको हो ।