back
stc
prabhu insurance

सिटिजन्स बैंक इन्टरनेशनलले १३ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १३ हजार ६३० दशमलव ३१ कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको हुँदा सो मूल्य तोकी निवेदन दिनुपर्नेछ । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना जारी गरेको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

कम्पनीले तोकेको उक्त समय अवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा सर्वसाधारणको लागि विक्री गरिने जनाएको छ ।