back
stc
prabhu insurance

आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको  लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

काठमाडौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन हो । बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको पुस १२ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज (पुस ११ गते) सम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १३।३० ५ बोनस सेयर र कर तिर्न ०.७०५ नगद लाभांश वितरण गर्दैछ ।

सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।