आज निफ्राको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ऋणपत्रमा आवेदन दिने आज बिहीबार पुस १४ गते अन्तिम दिन हो ।
आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । निफ्राले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री खुला गरेको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।
बैंकले ७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गरेको छ ।
यसमा वार्षिक ७ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ पुस १४ ०७:२४




















