back
stc
prabhu insurance

आजबाट कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु हुँदै

काठमाडौं । आज पुस १७ गते आइतबारबाट कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

अब बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए ।

गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।

कुमारी र एनसीसी बैंकले गत असोज १० गते मर्जरमा जाने सम्झौता गरेका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । एकीकृत कारोबारपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ ।