पुस २६ गतेदेखि १५ दिनसम्म सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का हुने
काठमाडौं । पुस २६ गतेदेखि १५ दिनसम्म सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । बैंकले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेको छ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो ।
प्रभु बैंकले सेञ्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु गर्दैछ । दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

वि.सं.२०७९ पुस २४ ०८:४९




















