back
stc
prabhu insurance

आज एनएमबि बैंकको २७औं वार्षिक साधारण सभा

काठमाडौं । आज पुस २५ गते एनएमबि बैंकले २७औं वार्षिक साधारण सभा प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने जनाएको छ । उक्त सभा विहान ९ बजे हुने बैंकले जनाएको छ । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान, हिसाव, नगद प्रवाह लगायतका वित्तीय अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने, यस अघिको लेखापरीक्षकलाई नै पुनःनियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८।२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।