लिलामीका सूचना प्रकाशन गर्दा ऋणीको फोटो नछाप्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली गर्दा ऋणीको फोटो नछाप्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पत्ति लिलाम सम्बन्धी सूचना प्रकाशित गर्दा ऋणीको फोटो नछाप्न निर्देशन दिएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले दैनिक पत्रपत्रिकामा लिलामका सूचनासँगै ऋणीको फोटो पनि सार्वजनिक गर्ने गरेका छन् । जसले गर्दा नकारात्मक असर परेको भन्दै फोटो नछाप्न भनेको हो ।
‘एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ, कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।
वि.सं.२०७९ माघ २६ २१:४०




















