back
stc
prabhu insurance

बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइन : ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुँगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो नभएको बताउनु भएको छ ।

नेपाल बैंकर्स संघले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुराहरु आउनु राम्रो नभएको बताउनुभएको हो ।

ढुंगानाले बैकहरुले ऋणीहरुलाई प्रिमियम तथा व्याजदर बैंकको लगानी, लागत खर्चको आधारमा बढी नभएको बताउनुभयो । ढुंगानाले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताउनुभयो ।

ढुंगानाले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गर्नुभयो । उहाँले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताउनुभयो ।

ढुंगानाले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताउनुभयो । उहाँले बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको बताउनुभयो ।

ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताउनुभयो । उहाँले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताउनुभयो ।

ढुंगानाले कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गर्नुभएको बताउनुभयो । ढुंगानाले बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताउनुभयो ।

ढुंगानाले सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने बताउनुभयो । उहाँले संधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर पर्ने बताउनुभयो ।

ढुंगानाले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि धेरै मार्जिन नराखेको बताउनुभयो ।