back
stc
prabhu insurance

कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको ७ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । कुमारी बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज शुक्रबार फागुन २६ गतेबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।