back
prabhu insurance
himalayanlife

एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई पुरस्कार दिने

काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार प्रदान गर्ने घोषणा गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएको बताए । खेलाडीको मनोबल उच्च कायम राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै १६ जना खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेको बताए ।

२०१९ देखि शुरु भएको विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोली हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ। भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । पुरस्कार रकम १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।