back
stc
prabhu insurance

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई दियो ३० लाख सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाइ सामाजिक उत्तरदायित्व अन्तर्गत रकम बराबरको चेक बुधवार हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरू शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेलकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको हो ।

कार्यकममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधव खतिवडा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

बैंकले हाल २६५ वटा शाखा, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।