back
stc
prabhu insurance

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं । प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज चैत २९ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १३० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

आवेदकले सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।