back
stc
prabhu insurance

एनआईसी एशिया बैंकले ल्यायो मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध विकल्प जान सक्ने छन्।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ

उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुने बैंकले जनाएको छ ।

यस योजन मार्फत २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ । यस योजनाको न्युनतम सीमा भने ५ हजार रहेको बैंकले जनाएको छ ।