Balance Certificate / Good for Payment Cheque को अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने
काठमाडौं । सानिमा बैंकले Balance Certificate / Good for Payment Cheque को अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।
सानिमा बैंकद्वारा जारी गरिएका Balance Certificate को आधिकारिकता उक्त Balance Certificate मा उल्लेखित QR code स्कयान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ ।
यसैगरी, बैंकले Good for Payment Cheque को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यस अन्तर्गत Good for Payment Cheque को आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिनेछ ।
यस सुविधाको सुरुवातसँगै नक्कली Balance Certificate र नक्कली Good for Payment Cheque हरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।
वि.सं.२०८० साउन ५ १६:०२




















