back
stc
prabhu insurance

सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ५ वर्ष पूरानो नगद लाभांश लिन आग्रह

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/­७५ को नगद लाभांश लैजान सूचना जारी गरेको छ । उक्त आर्थिक वर्षको नगद लाभांश केही सेयरधनीले नलगेको भन्दै लैजान सूचना जारी गरेको हो ।

बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

सोही कारण आजदेखि ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।

लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने जनाएको छ ।

तर, चैत ५ गतेसम्ममा पनि लाभांश नलगेमा भने लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ । सेयर अभौतिकीकरण गर्न बाँकी लगानीकर्ताले पहिला सेयर डिम्याटमा ल्याउनु पर्नेछ ।