back
stc
prabhu insurance

बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले थपियो निक्षेप

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब ५३ अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब ५६ अर्ब पुगेको हो।

त्यस्तै शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ८५ अर्ब रहेकोमा आइतबार ५० खर्ब ८४ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको छ । सिडी रेशियो केही घट्दै ८०.१६ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २।८४ प्रतिशत छ ।