back
stc
prabhu insurance

नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।

साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो ब्याज छुट योजना वि.सं. २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुनेछ । यसमा शर्त तथा बन्देजहरू लागु हुने बैंकले स्पष्ट पारेको छ ।