back
stc
prabhu insurance

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयभित्र उक्त शेयर संस्थापक शेयरधनीमा बिक्री हुन नसकेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।