back
stc
prabhu insurance

सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४० दशमलव ८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि सोही शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो ।

तर, तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

यो संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण वा संस्थाले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।