back
prabhu insurance
himalayanlife

सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज २३ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिटिजन्सले असोज २९ गते र युनिलिभरले असोज २८ गते बुकक्लोज गर्दैछन् ।

असोज २४ गतेदेखिअसोज २८ गतेसम्म दशैँ बिदा भएका कारण सेयर कारोबार नहुने भएकाले यी दुई कम्पनीको सेयर आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४।२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न सिटिजन्स बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।

यस्तै युनिलिभर नेपालले १ हजार ७१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले  काठमाडौंमा  ३१ औँ  वार्षिक साधारण सभा कात्तिक १२ गते दिउँसो साढे ४ बजे बोलाएको छ ।