back
prabhu insurance
himalayanlife

एनएमबि बैंकले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

आवेदन आज मंसिर ९ देखि २३ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुवाटारमा पेश गरिसक्नु पर्नेछ।

प्राप्त आवेदनहरू मंसिर २४ गते सोमबार बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ।