असोज २६ गते सानिमा क्यापिटलको सातौ वार्षिक साधारण सभा
काठमाडौं । सानिमा क्यापिटलले सातौ वार्षिक साधारण सभा असोज २६ गते बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सातौ वार्षिक सभामा क्यापिटलले १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । लाभांश स्वरुप कम्पनीले ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ नगद वितरण गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल काठमाडौमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ भदौ २९ ०९:३०



















