back
stc
prabhu insurance

हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाका लागि दोश्रो चरणको छात्रवृत्ति कार्यक्रम — अषाढ २९ गतेसम्म मात्र

पोखरा । पोखराको प्रतिष्ठित शिक्षालय हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्ना अन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण अषाढ २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ।

कक्षा ११ मा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीहरूका लागि यो छात्रवृत्ति कार्यक्रम एक अवसरको ढोका सावित हुँदै आएको छ। कलेजले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई मुख्य आधार बनाउँदै शिक्षा दिन थालेको र विद्यार्थीहरूमा आत्मनिर्भर भविष्य निर्माण गर्ने दिशामा योगदान पुर्‍याउँदै आएको बताइएको छ।

🔹 सुरुमा आवेदन दिने विद्यार्थीहरूले २०५ देखि १००५ सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाइरहेका छन्।
🔹 समय बित्दै जाँदा छात्रवृत्तिको प्रतिशत क्रमिक रूपमा घट्दै जाने भएकाले इच्छुक विद्यार्थीहरूले चाँडै निर्णय लिनु पर्ने हुन्छ।
🔹 अषाढ २९ पछि छात्रवृत्ति कार्यक्रम बन्द हुनेछ र सोहीपछिबाट पढाइ औपचारिक रूपमा सुरु गरिनेछ।

कलेज प्रशासनका अनुसार, “छात्रवृत्तिको दोश्रो चरण अन्तर्गत धेरै विद्यार्थीहरू लाभान्वित भइसकेका छन्। अब बाँकी केही दिन मात्र बाँकी रहेकोले यथाशीघ्र फारम भरी भर्ना प्रक्रिया पूरा गर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गर्दछौं।”

हिमाल कलेज अफ म्यानेजमेन्टले शिक्षासँगै व्यवहारिक सीप, उद्यमशिल सोच, र भविष्यमा रोजगारी तथा व्यवसाय गर्ने क्षमताको समेत विकास गराउने विश्वास दिलाएको छ )(