back
stc
prabhu insurance
nabil

राष्ट्रिय बिमा कम्पनीले माग्यो कर्मचारी

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले विभिन्न पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको हो ।योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र, एसएलसी वा सोसरह र सोभन्दा माथिको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रहरूको स्वयं प्रमाणित प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो र तोकिएको दस्तुर सहित समावेशीतर्फको समूहसमेत खुलाई रीतपूर्वक दरखास्त फाराम भरी तोकिएको म्यादभित्र यस कम्पनीको प्रधान कार्यालयमा बुझाउन सूचनामा उल्लेख छ ।